बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी
बुधबार, १३ असार २०८०, १९ : ३७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका हुन् । उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने बताए ।
सांसद चौधरीले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए । उनले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरु चालेको पनि बताए ।
सांसद चौधरीले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभई सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण