ओलीको प्रश्न : विचारसिचार नचाहिने, तर विचार लिएर हामी आयौँ भन्ने ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुको जिम्मेवारी र काम समाजलाई व्यवस्थित ढंगले अघि बढाउने भएको बताएका छन् ।
बिहीबार एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई अघि बढाउने क्रममा विभिन्न विचारहरु बोकेर अघि बढ्ने गरेपनि पछिल्लो समय कतिपय दलहरु विचारविनै राजनीतिमा आइरहेकोमा असन्तुष्टि जनाए ।
जनताको बहुदलीय जनवाद(जवज)को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । ‘अहिले एउटा लहर चलेको छ । विचारसिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?,’ उनले भने, ‘कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ पूर्वज र आमाबाबुको योगदानको चर्चा गर्ने ? भन्ने खालका विचारहरु पनि आज सुनिन्छ ।’
जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ ।
उनले विना इतिहास समाज यहाँ नआइपुगेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज पनि समाज अनेक रस्साकसीबाट अघि बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारको उपचारमा सहुलियत दिने निर्णय
-
पत्रकारको उपचारमा सहुलियत दिन्छाैँ : मन्त्री थापामगर
-
लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’
-
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण