संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन् । शुक्रवार संसद् भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा विषयवस्तुहरू राख्दा आफूलाई ग्लानि हुने किसिमको नबोल्न आग्रह गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘आफूले संसद्मा बोल्दा अग्रजहरूले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन् । यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानि हुने गरेर नबोल्नु होला । पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिऊँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ । रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन । समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ । कानुनले संविधानले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजान सक्ने गरी अघि बढाउनुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरूले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण