अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा चार घाइते, ३ जनाको अवस्था गम्भीर
मङ्गलबार, १९ असार २०८०, ११ : ०३
काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको अर्घाखाँचीका डिएसपी मुकुन्द रिजालले रातोपाटीलाई बताए । डिएसपी रिजालले भने–‘३ जना अचेत हुनुहुन्छ, स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदै छ ।’
पहिरोले आधा घर पुरिएपछि प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्धार गरेको थियो । गम्भीर घाइते हुनेमा १२ वर्षीय खुम बहादुर रास्कोटी, १० वर्षीय धन बहादुर रास्कोटी र ११ वर्षीय अन्जु रास्कोटी छन् । १४ वर्षीय सचिन रास्कोटीको अवस्था सामान्य छ । सचितको टाउको र मुखमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण