सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा चार घाइते, ३ जनाको अवस्था गम्भीर

मङ्गलबार, १९ असार २०८०, ११ : ०३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको अर्घाखाँचीका डिएसपी मुकुन्द रिजालले रातोपाटीलाई बताए । डिएसपी रिजालले भने–‘३ जना अचेत हुनुहुन्छ, स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदै छ ।’ 

पहिरोले आधा घर पुरिएपछि प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्धार गरेको थियो । गम्भीर घाइते हुनेमा १२ वर्षीय खुम बहादुर रास्कोटी, १० वर्षीय धन बहादुर रास्कोटी र ११ वर्षीय अन्जु रास्कोटी छन् । १४ वर्षीय सचिन रास्कोटीको अवस्था सामान्य छ । सचितको टाउको र मुखमा चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप