जीवनबहादुर शाहीले भने–मेरो शैली पनि छापामार जस्तै भयो
सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो शैली पनि अब छापामार जस्तै हुने गरेको बताएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा बोल्दै उनले छापामारहरुको संगतले आफू पनि छापामार शैलीतर्फ अग्रसर भएको बताएका हुन् ।
‘मेरो संगत पनि छापामारहरुसँगै भएकाले मेरो शैली पनि छापामार हुने भएको छ,’ उनले भने,‘ छापामार शैलीमै मैले २/४ ठाउँमा स–साना योजनाहरु कार्यान्वयन हुँदैनन् भनेको छु ।’
उनले सघीय सरकारबाट पनि जिल्लाहरुमा ४/५ लाखका योजना आएको बताए । अब त्यस्तो खालको गतिविधि रोक्नुपर्ने उनले तर्क राखे ।
साथै उनले ७ बुँदे सहमति अनुसार १५ लाख भन्दा तलका योजना कार्यान्वयन नगर्ने बताए ।
मन्त्रीहरुले सदनमा बोलेको कुरा हल्काफुल्का तरिकाले लिने गरिएको भन्दै उनले भने,‘ सदनमा बोलेका कुरा गाउँतिर गएर देउडा गीत गाएर ठट्टा गरे जस्तो होइन, बोलेका कुराहरु बेलायतको जस्तो अलिखित संविधान जस्तै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण