मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनबहादुर शाहीले भने–मेरो शैली पनि छापामार जस्तै भयो

मङ्गलबार, १९ असार २०८०, १५ : ०९
मङ्गलबार, १९ असार २०८०

सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो शैली पनि अब छापामार जस्तै हुने गरेको बताएका छन् ।  

मंगलबार प्रदेशसभा बैठकमा बोल्दै उनले छापामारहरुको संगतले आफू पनि छापामार शैलीतर्फ अग्रसर भएको बताएका हुन् । 

 ‘मेरो संगत पनि छापामारहरुसँगै भएकाले मेरो शैली पनि छापामार हुने भएको छ,’ उनले भने,‘ छापामार शैलीमै मैले २/४ ठाउँमा स–साना योजनाहरु कार्यान्वयन हुँदैनन् भनेको छु ।’ 

उनले सघीय सरकारबाट पनि जिल्लाहरुमा ४/५ लाखका योजना आएको बताए । अब त्यस्तो खालको गतिविधि रोक्नुपर्ने उनले तर्क राखे । 

साथै उनले ७ बुँदे सहमति अनुसार १५ लाख भन्दा तलका योजना कार्यान्वयन नगर्ने बताए ।

मन्त्रीहरुले सदनमा बोलेको कुरा हल्काफुल्का तरिकाले लिने गरिएको भन्दै उनले भने,‘ सदनमा बोलेका कुरा गाउँतिर गएर देउडा गीत गाएर ठट्टा गरे जस्तो होइन, बोलेका कुराहरु बेलायतको जस्तो अलिखित संविधान जस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप