बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राजश्व संकलनको अवस्था हेर्दा मुलुक डरलाग्दो अवस्थामा छ : सांसद चौधरी

मङ्गलबार, १९ असार २०८०, १५ : ३५
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजश्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले असार १७ गतेसम्म ९ खर्बको हाराहारीमा मात्रै राजश्व सङ्कलन हुनु र सरकारको साधारण खर्च १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे ।

सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले  भने,‘सरकारको राजश्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डर लाग्दो छ । असार १७ गतेसम्म ९ खर्बको हाराहारीमा मात्रै उठ्नु र हाम्रो साधारण खर्च नै १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति छ । हामी सबैले स्वीकार गरेका छौँ अर्थतन्त्र अझै पनि चलायमान भएन । राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो। आयात बढेको छैन । तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन । लगानी किन हुन सकिरहेको छैन । किन कस्ट अफ डुईङ बिजनेस घट्न सकिरहेको छैन । सरकारको सबै भन्दा बढी चासोको विषय यही हो । आउने दिनहरूमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ । आउने दिनहरूमा लगानीलाई कसरी प्रोत्साहन गर्ने र अहिले बैंकहरुसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छरेको छु । न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरुले ऋण दिन सकिरहेका छैनन् । बैंकहरुसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन । के हो राष्ट्र बैंकको नीति ? वित्तीय संस्थाहरू मुलुकको अर्थतन्त्र चलायमान बनाउने गरी बसेका हुन्छन् । त्यहाँ देखिएको एक प्रकारको अन्तरविरोधका विषयमा सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप