प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान ललितपुरमा असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो ।
चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत श्री दुर्गा नन्द झाले गरेका थिए भने उतm कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण