शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'नवीन राप्रपा' कार्यान्वयनका लागि राप्रपाले तोक्यो प्रदेश संयोजक

मङ्गलबार, १९ असार २०८०, १९ : ११
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले 'नवीन राप्रपा' कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले 'नवीन राप्रपा' कार्यान्वयनका लागि मंगलबार उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् । 

जसअनुसार रोशन कार्की कोशी प्रदेश, बुद्धिमान तामाङ मधेस प्रदेश, विक्रम पाण्डे बागमती प्रदेश, ध्रुव बहादुर प्रधान गण्डकी प्रदेशको संयोजकमा तोकिएका छन् । 

यस्तै अध्यक्ष लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्र लुम्बिनी प्रदेश, मुकुन्द श्याम गिरी कर्णाली प्रदेश र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिएका छन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप