मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।
महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।
डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । उनले भने, “कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौँ ।”
चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा पाँच प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण