मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसकाे लुम्बिनी प्रदेश सम्मेलन भाद्र महिनामा हुने

बुधबार, २० असार २०८०, १२ : ४१
बुधबार, २० असार २०८०

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ  । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भालु भाङमा बसेको बैठकले  भाद्र महिना मसान्तभित्र  सम्मेलन  गर्ने  निर्णय गरेको हो ।
 
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने  छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडी बढ्ने निर्णय  गरेको बताए ।

कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।
 
प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै ग्राउन्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप