आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बहसप्रति सीकेलाई वितृष्णा, बसे ‘मिडिया होलीडे’मा

बुधबार, २० असार २०८०, १५ : ०८
बुधबार, २० असार २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद् र सार्वजनिक बहसप्रति वितृष्णा बढेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष राउतले संसद् र सार्वजनिक बहसबाट वितृष्णा बढेकाले आफू ‘मिडिया होलीडे’ मा रहेको बताएका हुन् ।

संसद्मा जति बोले पनि, महिनौँ छलफल गरे पनि, ठूलठूला प्रमाण देखाएरै जति टेबल ठटाए पनि केही नहुने भन्दै उनले संसदमा बोलेर सानोभन्दा सानो काम पनि हुन नसकेको बताए ।  

उनले भने, ‘जसले जे फुर्ती लाए पनि अन्तिममा ‘हुन्छ÷हुन्न’ भन्दै हात उठाउने र अंकगणितको दलीय सिन्डिगेटको आधारमा नै सबै कुरा निर्धारण हुन्छ, कुनै छलफलले होइन ।’ 

अब संसदमा बोल्ने रुचि नरहेको भन्दै अध्यक्ष राउतले सांगठनीक विस्तार गर्ने र संख्यात्मक उपस्थिति बढाउनेप्रति केन्द्रित हुनुपर्ने देखिएको बताए । खाली जनतालाई देखाउनैको लागि संसदमा बहस हुने गरेको बताउँदै उनले आफ्नो आशा त्योभन्दा धेरै रहेको बताए ।  

उनले भने, ‘दैनिकको संसदीय नाटक वा सरकारी गतिविधि बारेमा पनि के प्रतिक्रिया दिइराख्नु ! साँच्चै भन्ने हो भने कुनै जाँगर चल्दैन । त्यसैले पछिल्लो केही समयदेखि ‘मिडिया होलीडे’ मा बस्न खोजेको थिएँ (पूर्णरूपमा सम्भव नभए पनि)। त्यसैले यस बीचमा धेरै पत्रकार साथीहरू र मिडिया हाउसको आग्रहलाई स्वीकार गर्न सकिन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप