सार्वजनिक बहसप्रति सीकेलाई वितृष्णा, बसे ‘मिडिया होलीडे’मा
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद् र सार्वजनिक बहसप्रति वितृष्णा बढेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष राउतले संसद् र सार्वजनिक बहसबाट वितृष्णा बढेकाले आफू ‘मिडिया होलीडे’ मा रहेको बताएका हुन् ।
संसद्मा जति बोले पनि, महिनौँ छलफल गरे पनि, ठूलठूला प्रमाण देखाएरै जति टेबल ठटाए पनि केही नहुने भन्दै उनले संसदमा बोलेर सानोभन्दा सानो काम पनि हुन नसकेको बताए ।
उनले भने, ‘जसले जे फुर्ती लाए पनि अन्तिममा ‘हुन्छ÷हुन्न’ भन्दै हात उठाउने र अंकगणितको दलीय सिन्डिगेटको आधारमा नै सबै कुरा निर्धारण हुन्छ, कुनै छलफलले होइन ।’
अब संसदमा बोल्ने रुचि नरहेको भन्दै अध्यक्ष राउतले सांगठनीक विस्तार गर्ने र संख्यात्मक उपस्थिति बढाउनेप्रति केन्द्रित हुनुपर्ने देखिएको बताए । खाली जनतालाई देखाउनैको लागि संसदमा बहस हुने गरेको बताउँदै उनले आफ्नो आशा त्योभन्दा धेरै रहेको बताए ।
उनले भने, ‘दैनिकको संसदीय नाटक वा सरकारी गतिविधि बारेमा पनि के प्रतिक्रिया दिइराख्नु ! साँच्चै भन्ने हो भने कुनै जाँगर चल्दैन । त्यसैले पछिल्लो केही समयदेखि ‘मिडिया होलीडे’ मा बस्न खोजेको थिएँ (पूर्णरूपमा सम्भव नभए पनि)। त्यसैले यस बीचमा धेरै पत्रकार साथीहरू र मिडिया हाउसको आग्रहलाई स्वीकार गर्न सकिन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण