कोशी प्रदेश : सरकार बनाउने अंक गणितमा सभामुखलाई गणना नगर्न एमालेको दबाब
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।
एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे जानकारी दिएका हुन् ।
‘अहिले कोशी प्रदेशसभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानून, संसदीय मूल्य, मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ,’ कार्कीले दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु ।’
सभामुख बाबुराम गौतमलाई समेत बोधार्थ दिएको एमालेले २०७९ साल पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखले बालेको कुरालाई पनि स्मरण गराएको छ । त्यसबेला सभामुखले ‘मैले निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु’ भनेका थिए ।
सोही कुरालाई स्मरण गर्दै सभामुखले माओवादी केन्द्रको सदस्यता परित्याग गरिसकेको कुरा विवादरहित रहेको एमालेले उल्लेख गरेको छ ।
उता, प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आजै ५ बजेसम्मका लागि दिएको समयलाई मध्यनजर गर्दै गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले साढे ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न तयारी गरेका छन् । उक्त दाबीमा सभामुखसहितको गणना उल्लेख रहने उनीहरुको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण