डिशहोम टिभी अव सिधै मोबाइलमा
_5musGWtmPt.jpg)
काठमाडौँ । डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ ।
हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो ।
१५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिने जनाइएको छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।
‘डिशहोम गो एपमा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा गानिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिने बताइएको छ । कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ ।
यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’