डिशहोम टिभी अव सिधै मोबाइलमा
काठमाडौँ । डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ ।
हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो ।
१५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिने जनाइएको छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।
‘डिशहोम गो एपमा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा गानिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिने बताइएको छ । कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ ।
यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण