कोशी प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।
सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो । बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गरेको हो ।
गौतमले सरकार गठनको दाबी प्रस्तुत गरिएको पत्रमा छुट्टै हस्ताक्षर गरेका छन् । एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमत मा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।
सभामुख बाबुराम गौतमले भने आफूले निकास दिन बाध्य भएको बताएका छन् । सभामुख समेतलाई विवादमा तानेर सरकार बनाए पनि गठबन्धनको सरकार कति दिन टिक्ला भन्ने संशय भने कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण