बंगलादेशको रोहिङ्ग्या शिविरमा झडप, छ जनाको मृत्यु
कोक्स बजार । बंगलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।
बंगलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।
‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए)’ र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ)’ बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो साताको हिंसा पछिल्लो घटना हो ।
शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान)मा पाँच जनाको मृत्यु भएको छ ।
“गोली हानाहानमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उनले भने ।
झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।
स्थानीय दैनिक प्रोथोम आलोका अनुसार २७ वर्षीय इबादुल्लाहले सन् २०१७ मा म्यान्मारमा भएको दमनका प्रत्यक्षदर्शीको बयान लिन बिहीबार शिविर पुगेका आइसिसीका अभियोजक करिम एए खानलाई भेट्न शरणार्थीलाई भेला गरिरहेका थिए ।
एआरएसएले हत्याको बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन, तर यसका सदस्यहरूले आफ्नो अधिकारलाई चुनौती दिने रोहिङ्ग्या नेताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण