ग्रान्डी र मनास्लु फाइनलमा
काठमाडौँ । ग्रान्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५–१४ तथा मनास्लुले भीएस ‘ए’ लाई २१–१० ले पराजित गरे । शुक्रबारै भएको सेमिफाइनलमा ग्रान्डीले जिपीएचएसलाई १६–९, युजेएले बलर्स एकेडेमीलाई १६–९, भीएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६–१४ तथा मनास्लुले टिम कुमारलाई १९–५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
गल्र्समा आईएसए नेपाल र बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ । दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण