शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ग्रान्डी र मनास्लु फाइनलमा

शुक्रबार, २२ असार २०८०, १९ : ५८
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । ग्रान्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५–१४ तथा मनास्लुले भीएस ‘ए’ लाई २१–१० ले पराजित गरे । शुक्रबारै भएको सेमिफाइनलमा ग्रान्डीले जिपीएचएसलाई १६–९, युजेएले बलर्स एकेडेमीलाई १६–९, भीएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६–१४ तथा मनास्लुले टिम कुमारलाई १९–५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

गल्र्समा आईएसए नेपाल र बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ । दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप