प्रधानमन्त्रीको हस्तक्षेपपछि सन्न्यास लिएको एकै दिनमा फर्किए तमीम
ढाका । बंगलादेशको एकदिवसीय कप्तान तमीम इकबालले एक दिनमा नै आफ्नो सन्न्यासको फैसला फिर्ता लिएका छन् । इकबालले बंगलादेशका प्रधानमन्त्री शेख हसीनाको आग्रहमा सन्न्यास फिर्ता लिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार तमीमले शुक्रबार आफ्नो पत्नीसहित प्रधानमन्त्री हसीनासँग भेट गरेका थिए । उनीसँग बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजुमल हसन र टीमका पूर्वकप्तान मोसरफ मुर्तजना पनि थिए ।
अहिले अफगानिस्तानको टोली बंगलादेशको भ्रमणमा रहेको छ । बंगलादेशले तीन एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पराजयको सामना गर्नुपरेको थियो । हारपछि तमीमको कप्तानीको आलोचना भइरहेको छ । यसैबीच तमीमले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एकदिवसीयबाट सन्न्यासको घोषणा गरेका थिए ।
भावुक तमीमले भनेका थिए, ‘बुधबार अफगानिस्तानविरुद्धको खेल मेरो अन्तिम एकदिवसीय खेल थियो । मेरो लागि यो अन्त्य हो । मैले सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गरेँ र अहिलेदेखि नै म सन्न्यासको घोषणा गर्दछु । यो फैसला अचानक लिइएको होइन । म कयौँ दिनदेखि यसबारे सोचिरहेको थिएँ । म कारण भन्न चाहन्नँ । तर, मैले आफ्नो परिवारसँग कुरा गरेर यो कदम उठाएको हुँ ।’
तमीमले सन् २००७ मा बंगलादेशको एकदिवसीय टोलीमा डेब्यू गरेका थिए । त्यही वर्ष एकदिवसीय विश्वकपमा अर्धशतक बनाउँदै भारतविरुद्ध टोलीलाई ऐतिहासिक जीत दिलाएका थिए । उनले एकदिवसीयमा १४ शतकसहित ८ हजार ३१३ रन बनाएका छन् । टी–२० मा उनले १ शतकसहित १ हजार ७५८ रन बनाएका छन् । उनले गत वर्ष टी–२० बाट सन्यास लिएका थिए । ७० टेस्ट खेल्दै उनले १० शतकसहित ३८.८९ को औसतले ५ हजार १३४ रन बनाएका छन् ।
तमीमले बंगलादेशका ३७ एकदिवसीय खेलमा कप्तानी गरेका छन् । जसमा उनले २१ खेलमा टोलीलाई जीत दिलाएका थिए । उनैको कप्तानीमा बंगलादेश विश्वकपमा छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण