मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मलनिवासमा, पूर्वराजा भने रिसोर्टतिर !
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव

ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मलनिवासमा, पूर्वराजा भने रिसोर्टतिर !

शनिबार, २३ असार २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार आफ्नो ७७ औँ जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा राजावादीहरुले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् ।  पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि उनीहरु पुगेपनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरु पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छाहरु बुझाएर गेट बाहिरबाटै फर्किएका छन् । 

पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको पुष्टि गरे । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको उनले बताए ।  यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ छ । 

राजावादीहरु भेला भएर पूर्वराजालाई अभिनन्दन गर्न लाग्दा उहाँचाहिँ किन अनुपस्थित हुनुभएको भन्ने प्रश्नमा पाठकले भने, ‘जनतालाई दुःख नदिने खोजेको होला नि  ! राजाले सकेसम्म जनतालाई दुःख नदिने उनको जिकिर थियो ।  यसअघि नै पूर्वराजाको जन्मदिन मनाउन केशरी महतोको अध्यक्षतामा नागरिक मुल समारोह समिति बनाइएको थियो । सोही समितिले भव्य रुपमा पूर्वराजाको जन्मदिन मनाउन निर्मल निवास पुगेपनि पूर्वराजा भने अन्तै गएर पारिवारिक जनघटमा रमाएका हुन् ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

हेरौं तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया