बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत

बुधबार, ०६ साउन २०८३, १४ : ३४
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीभित्रको विवाद समाधानका लागि राष्ट्रिय भेला बोलाउनुपर्ने बताएका छन् ।
  • उनले राष्ट्रिय भेलाले पार्टीमै बस्ने वा नयाँ पार्टी खोल्ने जे निर्णय गरे पनि त्यसलाई स्वीकार्नुपर्ने बताए ।
  • बस्नेतले पार्टीमा एकता सम्मानमा हुने र अपमान सहेर नहुने धारणा राखे ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीभित्रको विवादमा कसरी अगाडि बढ्ने भनेर राष्ट्रिय भेला बोलाउनु पर्ने बताएका छन् । वीपीको ४४औँ स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा नेता बस्नेतले आजै राष्ट्रिय भेलाको घोषणा गर्न नेताहरूलाई आग्रह गरे । 

भेलाले यही पार्टीमा बस्ने निर्णय गरे यही पार्टीमा बस्ने र अर्को पार्टी बनाउने निर्णय गरे अर्को पार्टी बनाउन माग गरे अर्को पार्टी बनाउने बताए । 

‘म नेताहरूलाई आग्रह गर्छु, दरिलो खुट्टा बनाएर आज राष्ट्रिय भेलाको घोषणा गर्नुस् । त्यो भेलाले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढौँ,’ बस्नेतले भने । उनले पार्टीमा एकता सम्मानमा हुने, अपमान सहेर नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप