त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
बुधबार, ०६ साउन २०८३, १४ : ४४
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको आधा दिन मात्र सेवा सञ्चालन हुनेछ।
- अस्पताल प्रशासन प्रमुख भोजराज भट्टका अनुसार बिहीबार दिउँसोको सेवा आकस्मिक सेवा बाहेक बन्द रहनेछ।
- बिरामीहरूको सुविधाका लागि अस्पतालको विस्तारित स्वास्थ्य सेवा दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।
उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् ।
यद्यपि, बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालको विस्तारित स्वास्थ्य सेवा भने दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
-
सोनम वाङचुकलाई ककरोच जनता पार्टीको पत्र
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण