बीपी स्मृति दिवस
बीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
बुधबार, ०६ साउन २०८३, १४ : २९
सारांश
- नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले वीपीको चिन्तन बोक्न सक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
- उनले विशेष महाधिवेशनबाट संस्थापन बनेकाहरूमा वीपीको गन्ध, रङ र चिन्तन नभएको आरोप लगाए ।
- काफ्लेले सानेपामा वीपीको विचार, चिन्तन र रगत केही नभएकाले नयाँ पार्टीको विकल्प नभएको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बीपीको चिन्तन बोक्न सक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बीपीको ४४औँ स्मृति दिवसको अवसरमार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता काफ्लेले विशेष महाधिवेशनबाट संस्थापन बनेकाहरूमा बीपीको गन्ध, रङ र चिन्तन नभएको बताए ।
‘बीपीको चिन्तन भएको पार्टी निर्माणको आवश्यकता छ,’ काफ्लेले भने, ‘विशेष महाधिवेशनबाट संस्थापन बनेका नेताहरूमा बीपीको गन्ध, रङ र चिन्तन छैन । हामीले उहाँको चिन्तन र विचार बचाउन नयाँ पार्टी बनाउनुपर्छ ।’
काफ्लेले सानेपामा बीपीको चिन्तन देखिएमा सानेपा जाने नभएमा नयाँ पार्टी बनाउन नेताहरूलाई आट गर्न सुझाए । सानेपामा बीपीको विचार, चिन्तन र रगत केही नभएकाले नयाँ पार्टीको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण