योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् ।
कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ । फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।
आइतबार बेइजिङ फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए)उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठको चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटघाट हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण