दूधमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै मन्त्रालयको गेटमा धर्ना
हेटौँडा । बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गतेको भन्दै चितवनका कृषकहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना बसेका छन् । चितवनको राप्ती, खैरहनी, र माडी नगरपालिकाका कृषकहरूले अनुदान कटौतीको विरोधमा मन्त्रालयको मूल गेटमा धर्ना दिएका हुन ।
दोहोरो रूपमा कृषकहरूले अनुदान बुझेको भन्दै मन्त्रालयले गत वर्षहरूमा वितरण गर्दै आएको प्रतिलिटर २ रुपैयाँ दूध अनुदान रोकेको थियो । कृषकहरूले स्थानीय तहबाट पनि सोही अनुसार दूधमा अनुदान बुझेकाले चालू आर्थिक वर्षमा सो अनुदान रोकेको हो ।
कृषकहरूको धर्नाका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयसहित अन्य ३ मन्त्रालयको काम प्रभावित भएको छ ।विगत देखि नै मन्त्रालय उत्पादनमा आधारित भएर वितरण गर्दै आएको अनुदान रकम रोकेकोमा विरोध स्वरूप धर्ना बसेको राप्ती-४ का कृषक टेक बहादुर श्रेष्ठ बताए ।
उनका अनुसार चितवनको ३ पालिकाका करिब ३०० जना कृषक विरोधमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण