ट्रेलरमा यस्तो देखियो ‘लुङा’
काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई विशेष स्थान दिइएको छ ।
किरण राईको निर्देशन रहेको फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनिशा पाठक/मेनुका घिमिरे /कैलाश राई /टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।
पूर्वमा छायाँकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ ।
भुमिसा प्रोडक्सनसँंग इस्टन मिडियाको सहकार्य रहेको ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत छ । भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण