अहिलेको अनुसन्धान संगठित सरकारी छाप र दस्तखत किर्तेमा केन्द्रित : सिआईबी
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अतिरञ्जना नगर्न आग्रह गरेको छ । सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेका हुन् ।
कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको ब्युरोले जनाएको ।
ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण