समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट
जनकपुरधाम । समाचार लेखेको निहुँमा जनकपुरधामका एक पत्रकारमाथि कुटपिट भएको छ । पालिकामा भएको अनियमितता तथा बेथितिविरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जित यादवले आफ्ना भाइसहित गुन्डाहरू परिचालन गरी मकालु खबरका मधेस प्रदेश ब्युरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरेका छन् ।
२४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहितामाथि आक्रमण गरेका हुन् ।
पत्रकारमाथि आक्रमण भइरहेको हेरेपछि स्थानीयहरूले प्रतिकार गर्दै लखेटेपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका छन् । उक्त गाडी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको बुझिएको छ । गाडीमा हातहतियारसहित आक्रमणकारी ज्यान मार्ने उद्देश्यले आएको स्थानीयहरूले बताएका छन् ।
आक्रमण गर्नेहरूमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरूलाई आफूले चिनेको पत्रकार रोहिताले बताए ।
प्रहरीले उल्टै आक्रमणकारीहरूलाई सहयोग गरेको पत्रकार रोहिताले बताए । हतियारसहित आएका आक्रमणकारीहरूलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पत्रकार रोहिताले बताए ।
आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण