बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

सरकारमा जान जनमतले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

मङ्गलबार, २६ असार २०८०, १९ : ३८
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । 

जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जानकारी दिए । उनका अनुसार मन्त्रालयको भने टुंगो लागेको छैन ।

प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । तर, जनमत पार्टीले भने विकासे मन्त्रालय खोजेकाले त्यही अनुसारको मन्त्रालय दिन सक्ने बताइएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप