अगामी शुक्रबार ‘बिहेपास’ पुनः रिलिज हुने
मङ्गलबार, २६ असार २०८०, २० : १६
काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको फिल्म आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो ।
दर्शकको चाहना अनुसार फिल्म फेरि रिलिज गर्न लागिएको निर्माता रोहित कट्टेलले बताए ।
विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने संघर्षको कथामा फिल्म निर्माण भएको छ । प्रेमकथामा आधारित यो फिल्ममा पहिलो पटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् ।
प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिको अलवा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झा लगायतको अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण