राप्रपा सुदूरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही
बुधबार, २७ असार २०८०, ०८ : ०३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई सो पदमा नियुक्त गरेका हुन् ।
शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत छन् । त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरे । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।
यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला