फिल्म ‘पापी मान्छे ३’को निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘पापी मान्छे ३’ निर्माण हुने भएको छ । १८ वर्षअघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को तेस्रो भागको रूपमा फिल्म निर्माण हुन लागेको हो ।
आर.सी. पिक्चर्सको प्रस्तुतिमा राजकुमार राईले निर्माण गर्ने फिल्म जनकदीप पराजुलीले निर्देशन गर्नेछन् । पराजुलीले करिब ८ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यसअघि उनले सन् २०१४ मा फिल्म ‘प्रोड्युसर’को निर्देशन गरेका थिए । पराजुली हाल निर्देशक समाजका अध्यक्ष पनि हुन् ।
जंगल एड्भेन्चर फिल्मको रूपमा चलचित्र निर्माण हुन लागेको निर्देशक पराजुलीले बताए । उनले भने, ‘फिल्ममा भरपुर एमिनेशन हुनेछ ।’
बुधबार निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक समेत गरेको छ । जसमा चिपाञ्जीको तस्बिर राखिएको छ ।
यसअघि निर्माण भएको ‘पापी मान्छे’ र ‘पापी मान्छे २’मा अभिनेता निखिल उप्रेतीको शीर्ष भूमिका थियो, भने कुकुर र बाँदरलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । कुकुर र बाँदरको अभिनयलाई लिएर पनि फिल्मको चर्चा भएको थियो । दुई श्रृंखलानै बक्सअफिसमा सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण