छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरले माग्यो अनलाइन आवेदन
बुधबार, २७ असार २०८०, २० : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।
महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ ।
छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ । आवेदन महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम भर्न सकिने छ । छात्रवृत्तिका लागि परीक्षा साउन २० गते हुने महानगरको शिक्षा शाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण