अध्यक्ष ओलीसँग उपाध्यक्षहरूको मन्थन : पहिला आफै एक हौँ
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरुले पार्टीभित्रका सकारात्मक र नकारात्मक विषयमा मन्थन गरेका छन् । बिहीबार अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सातैजना उपाध्यक्षले करिब ५ घण्टा गरेको मन्थनमा पार्टीलाई मजबुत बनाउनुको विकल्प नभएको निष्कर्षमा सबै नेता पुगेका छन् ।
‘अध्यक्ष र उपाध्यक्षबीच एकै ठाउँ बसेर विभिन्न राजनीतिक वैचारिक विषयबारे विचारविर्मश र मन्थनको सुरुवात भयो । यसक्रममा अध्यक्षका विचार र सुझाव हामीले सुन्यौ भने हाम्रा अध्यक्षले सुन्नुभयो’, उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘पहिला आफैभित्रका कमीकमजोरी सच्याउने र पार्टीलाई मजबुत बनाउने कोणबाट छलफल भयो ।’
मन्थनका क्रममा पछिल्लो समय केन्द्रीय तहमा गुट र गुटगत गतिविधि नभएपनि तल्ला कमिटीहरुमा त्यस्ता गतिविधि तीव्र भएको भन्दै तल्ला तहमा बढेका गुटगत गतिविधिलाई निरुपण गर्न चाल्नुपर्ने कदमका बारेमा पनि नेताहरुले विमर्श गरेका छन् ।
‘अहिले पनि एमालेलाई एक्ल्याउने, घेराबन्दी गर्दै र कमजोर पार्ने प्रयत्न चलिरहेका छन् । यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध, सुदृढ र विस्तार गर्नपर्छ । तल्ला तहका पार्टी कमिटीमा देखिएका र रहेका कमिकमजोरीहरु हटाउँदै एकताबद्ध बन्नुपर्छ भन्नेमा सबै नेताको विचार आयो’, उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसका लागि मिसन ८४ सफल पार्न आ-आफ्नो स्थानबाट सबै नेताले प्रभावकारी भूमिका खेल्न जरुरी देखियो ।’
बुधबार पनि अध्यक्ष र उपाध्यक्षहरुबीच छलफल भएको थियो । एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै मिसन ८४ अभियान अन्तर्गत केन्द्रीय नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । तर यो जिम्मेवारीमा कतिपय नेताहरुले असन्तुष्टि व्यक्त गर्दै कार्यक्षेत्रमा जान मानेका छैनन् भने अर्कोतिर प्रदेश, जिल्ला र स्थानीय तहमा समेत एमालेका विभिन्न गुटगत गतिविधि भइरहेका छन् ।
गुटगत गतिविधिकै कारण गत चुनावमा अपेक्षाकृत नतिजा नआएको एमालेको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण