रौतहटबाट जन्मसिद्धका सन्तानका हैसियतले ८५९ जनाले लिए नागरिकता
रौतहट । रौतहटबाट जन्मसिद्धको सन्तानका आधारमा साढे आठ सयभन्दा बढी मानिसले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
रौतहटस्थित स्थानीय प्रशासनले जन्मसिद्धका आधारमा आमाबाबु दुवैको नागरिकता भएका सन्तानलाई असार ११ गतेदेखि नागरिकता वितरण सुरु गरेको हो । जसमध्ये हालसम्म आठसय सय ५९ जनाले उक्त आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
जसमध्ये जिल्ला प्रशासन कार्यालय गौरबाट ४३२, ईलाका प्रशासन कार्यालय गरुडाबाट २४१ र ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट १८६ जनाले नागरिकता पाएको मिश्रको भनाइ छ ।
जन्मसिद्ध नागरिकता बनाउन बुबाआमाको सक्कल नागरिकता, बनाउनेको जन्मदर्ता प्रमाणपत्र, लगायत विभिन्न प्रकारको सिफारिस आवश्यक पर्ने र ती सिफारिस रुजु गर्नुपर्ने भएकाले केही समय लाग्ने गरेको प्रशासनका कर्मचारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण