मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटबाट जन्मसिद्धका सन्तानका हैसियतले ८५९ जनाले लिए नागरिकता

बिहीबार, २८ असार २०८०, २० : ५१
बिहीबार, २८ असार २०८०

रौतहट । रौतहटबाट जन्मसिद्धको सन्तानका आधारमा साढे आठ सयभन्दा बढी मानिसले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

रौतहटस्थित स्थानीय प्रशासनले जन्मसिद्धका आधारमा आमाबाबु दुवैको नागरिकता भएका सन्तानलाई असार ११ गतेदेखि नागरिकता वितरण सुरु गरेको हो । जसमध्ये हालसम्म आठसय सय ५९ जनाले उक्त आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

जसमध्ये जिल्ला प्रशासन कार्यालय गौरबाट ४३२, ईलाका प्रशासन कार्यालय गरुडाबाट २४१ र ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट १८६ जनाले नागरिकता पाएको मिश्रको भनाइ छ ।

जन्मसिद्ध नागरिकता बनाउन बुबाआमाको सक्कल नागरिकता, बनाउनेको जन्मदर्ता प्रमाणपत्र, लगायत विभिन्न प्रकारको सिफारिस आवश्यक पर्ने र ती सिफारिस रुजु गर्नुपर्ने भएकाले केही समय लाग्ने गरेको प्रशासनका कर्मचारी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप