न्यूनतम पारिश्रमिक २५ हजार कायम गर्न माग गर्दै सिडिओमार्फत मन्त्रीलाई ज्ञापन पत्र
रौतहट । न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण हुनुपर्ने मागसहित नेपाल ट्रेड युनियन कांग्रेस रौतहटले सिडिओमार्फत श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
युनियनका जिल्ला अध्यक्ष रामसोगारथ यादवको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय रौतहटमा गएको टोलीले सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हो।
श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी समक्ष पठाइएको ज्ञापन पत्रमा नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक दुई दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने माग गरिएको छ। सोही बमोजिम पारिश्रमिक निर्धारण गरी आउने साउन देखि लागु गर्नु पर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न सकेको छैन ।
हरेक बस्तुको मूल्य वृद्धिलाई ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले गत असार ४ गतेदेखि ६ सम्म काठमाण्डौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले श्रमिकको मासिक पारिश्रमिक न्यूनतम २५ हजार हुनुपर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण