मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुनिल शेट्टीले छोरी आथियालाई दिए सुझाव : भने, ‘राहुल खेलाडी हुन्, सबैतिर उनीसँग घुम्न सक्दैनौ’

शुक्रबार, २९ असार २०८०, १६ : २३
शुक्रबार, २९ असार २०८०

बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नी छोरी आथियालाई केएल राहुलजस्तो जीवनसाथी पाएकोमा उनलाई भाग्यमानी बताएका छन् । सुनिलले आथियालाई  राम्रो नराम्रो दुवै समयमा सधैँ राहुललाई साथ दिनु भनेर सम्झाउने गरेको बताए ।

एक भारतीय सञ्चार माध्यमले सुनिललाई छोरीलाई के सुझाव दिन चाहन्छौ भनेर प्रश्न सोधे । यसको जवाफमा सुनिलले भने, ‘मैले आथियालाई सधैँ हारलाई सहन सिकाएको छु । दोस्रो कुरा भनेको आफ्नो पार्टनरलाई आँखा बन्द गरेर विश्वास गर ।’

‘तेस्रो कुरा राहुल एक खेलाडी हुन्, उनलाई धेरै ठाउँमा जानुपर्ने हुन्छ । तिमी उनीसँग सबै ठाउँमा जान सक्दिनौ । उनलाई सधैँ साथ दिनु किनभने खेलाडीको जीवनमा पनि उतार–चढाव आउँछन्,’ सुनिलले छोरीलाई दिने सल्लाहबारे बताए । 

सुनिलले थपे, ‘जब कोही खेलाडीले रन हान्छन् उनीहरू अलग दुनियाँमा हुन्छन् । म आफ्नो समयमा सुनिल गावस्करलाई आफ्नो हिरो मान्थेँ । मेरो लागि उनी आज पनि हिरो नै हुन् ।’

सुनिलले राहुललाई पनि दिए चेतावनी

सुनिलले राहुललाई पनि चेतावनी दिएका छन् । उनले भने, ‘यति धेरै राम्रो नबन कि हामी सबै तिम्रो अगाडि सानो देखिऔँ । तिमी यति धेरै राम्रो पनि नबन कि मानिसले तिमीलाई नै राम्रो के हो भनेर सिकाउन् । राहुल असाध्यै उदार खालका व्यक्ति हुन् । म आथियालाई सधैँ भन्छु कि तिमी भाग्यमानी छौ कि तिमीले राहुलजस्तो जीवनसाथी पाएकी छौ ।’

राहुलको खराब प्रदर्शनमा यसो भनेका थिए

सुनिल शेट्टी क्रिकेटका ठुलै प्रशंसक हुन् । जब केएल राहुल खराब प्रदर्शनसँग जुधिरहेका थिए तब सुनिलले उनको बचाउ गरेका थिए । 

उनले एक अन्तरवार्तामा भने, ‘यदि राहुलले नराम्रो प्रदर्शन गरेर आएपछि हामी त्यसबारे चर्चा गर्दैनौँ । हामीलाई थाहा छ कि उनी एक फाइटर हुन् । उनी आफ्नो खेलमा निपुण छन् त्यसैले उनलाई कसले के सिकाउने ? उनी देशका लागि क्रिकेट खेल्छन्, गल्ली–गाउँका लागि होइन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप