बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकारिताले ग्रामीण स्तरमा रहेका समस्यालाई उठाउनुपर्छ : मुख्यमन्त्री  चौधरी

शुक्रबार, २९ असार २०८०, १७ : २७
शुक्रबार, २९ असार २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  पत्रकारले ग्रामीणस्तरमा रहेका समस्यालाई उठाउनुपर्ने भन्दै खोज पत्रकारितालाई सरकारले पोत्साहान गर्ने बताएका छन् । दाङको देउखुरीमा आज  एक अनलाइन पत्रिकाको  शुभारम्भ  गर्दे मुख्यमन्त्री चौधरीले पत्रकारिताले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्नेमा जोड दिएका हुन् । सत्य तथ्यमा आधारित भएर लेख्न सबै पत्रकारलाई आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारका काम कारबाहीको विषयमा जनतालाई सुसूचित गराउने दायित्व पत्रकारको भएको बताए । 

उनले  प्रदेश सरकारले छिटै पूर्णता पाउने बताउँदै सरकार विस्तारको विषयमा छलफल चलिरहेको समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले सरकारका काम र आगामी कार्य योजना ५० लाख प्रदेशवासीका सामू  पुर्‍याउन आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्ने  गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप