पत्रकारिताले ग्रामीण स्तरमा रहेका समस्यालाई उठाउनुपर्छ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारले ग्रामीणस्तरमा रहेका समस्यालाई उठाउनुपर्ने भन्दै खोज पत्रकारितालाई सरकारले पोत्साहान गर्ने बताएका छन् । दाङको देउखुरीमा आज एक अनलाइन पत्रिकाको शुभारम्भ गर्दे मुख्यमन्त्री चौधरीले पत्रकारिताले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्नेमा जोड दिएका हुन् । सत्य तथ्यमा आधारित भएर लेख्न सबै पत्रकारलाई आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारका काम कारबाहीको विषयमा जनतालाई सुसूचित गराउने दायित्व पत्रकारको भएको बताए ।
उनले प्रदेश सरकारले छिटै पूर्णता पाउने बताउँदै सरकार विस्तारको विषयमा छलफल चलिरहेको समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले सरकारका काम र आगामी कार्य योजना ५० लाख प्रदेशवासीका सामू पुर्याउन आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्ने गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण