मुस्कुराउछौ सधैँ भरी
शनिबार, ३० असार २०८०, १६ : २३
अँध्यारो हुन्थ्यो जीवन
नपाए तिम्रो दीक्षा
सिक्दैछु तिमीसँग
मागी सन्यासको भिक्षा ।
नमन गर्छु तिमीलाई
यी दश औंला जोडेर
सधैँ आदर मनमा
हिँड्ने छैन बाटो मोडेर ।
प्रज्ञाको ज्योति बल्दा
झलमल्ल सधैँ भरी
हावा लागेर के हुन्छ र ?
यो निभ्दैन कसै गरी ।
महासागर भन्दा
ज्ञान सागर व्यापक
प्रज्ञाको खेतबारी यो
बनाउनु छ सार्थक ।
जिन्दगीको बसुन्धरामा
ज्ञानको मुल फुर्दछ
तिमीलाई सामु पाएर
शीर यो मेरो झुक्दछ ।
गुरुवाणीहरु लाग्छन्
बह्मनाद सनातन
गुरु नै ब्यक्ति हुन
एक इश्वर सहोदर ।
कसरी दिउँ शब्द छैन
धन्यवाद म तिमीलाई
तिम्रो यो मालाले मेरो
चिनारी हुन्छ सधँै भरी ।
गुरुको याद मिट्दैन
सृष्टि अत्य भए पनि
निद्रामा पनि तिमी नै छौ
मुस्कुराउँछौ सधैँ भरी ।
बकैया–९, मकवानपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण