हास्यकलाकार कृष्ण अभिषेकले गोविन्दालाई सम्झिँदै भने, ‘भगवानले यो झगडा अन्त्य गरून्’
मुम्बई । हालै अभिनेता-हास्य कलाकार कृष्णा अभिषेकले आफ्नो डान्स भिडियोमा आफ्ना मामा गोविन्दालाई ट्याग गरेका छन् । मिडियासँग कुरा गर्दै कृष्णा अभिषेकले गोविन्दा र उनकी श्रीमती सुनितालाई धेरै माया गर्ने भएकाले चाँडोभन्दा चाँडो सुल्झाउन चाहेको बताएका थिए ।
यद्यपि गोविन्दाले आफ्नो तर्फबाट यसबारे स्पष्ट पारिसकेका छन् । उनले आफूलाई कृष्णप्रति कुनै द्वेष नभएको बताए । कृष्णा अभिषेक गोविन्दाकी बहिनी पद्माका छोरा हुन् ।
हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै कृष्णा अभिषेकले भने, ‘म उहाँलाई मेरो पोस्टमा ट्याग गर्न चाहन्थे, चाहे उहाँले प्रतिक्रिया दिनुहोस् वा नदिनुहोस्। भगवानले आशीर्वाद दिऊन्, झगडा अन्त्य होस्। समय बितिरहेको छ, म चाहन्छु कि हामी बीचको सबै कुरा अब राम्रो होस्। म उहाँलाई धेरै माया गर्छु र म उहाँलाई मेरो सम्पूर्ण परिवारमा सबैभन्दा धेरै सम्मान गर्छु।’
कृष्णा अभिषेकले थप भने, ‘जहाँ प्रेम हुन्छ त्यहाँ झगडा पनि हुन्छ . तर अब धेरै भयो ! यो अहिले सबै ठीक हुनुपर्छ। म मेरी दिदीलाई पनि धेरै माया गर्छु। उहाँले मेरो लागि धेरै गर्नुभयो। उहाँ मेरी आमा जस्तै हुनुहुन्छ, जब आमाले बच्चाको बारेमा केहि नराम्रो देख्नुहुन्छ, उहाँ यति रिसाउनुहुन्छ कि अब कहिल्यै भेट्न चाहन्न। मलाई लाग्छ उसको रिसको कारण पनि यस्तै होला ।’
कृष्णा अहिले पनि दुई परिवारबीचको सम्बन्ध सुध्रिने प्रतीक्षामा छन् । तर सन् २०२२ मा मनिष पलको पोडकास्टमा, गोविन्दाले भनेका थिए, ‘तिमी दुवैप्रति मेरो कुनै रिस छ भनेर कहिल्यै नसोच। म तिमीलाई माफ गर्छु, भगवानले तिमीलाई आशिष् दिउन् ।’
वास्तवमा सन् २०१६ देखि गोविन्दा र कृष्णा अभिषेकबीच झगडा चलिरहेको छ । कृष्णा अभिषेककी पत्नी कश्मिरा शाहले गरेको ट्विटपछि गोविन्दा र उनकी श्रीमती सुनिता आहुजा अभिषेक र कश्मिरासँग रिसाएका थिए । सन् २०२१ मा पनि सुनिता–कश्मीराले एकअर्कामाथि टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण