अमेरिकामा मेस्सीको लोकप्रियता : सपिङ गर्दा सेल्फी लिनेको भिड
आइतबार, ३१ असार २०८०, १२ : ५५
काठमाडौँ । अमेरिकी व्यावसायिक लिग खेल्न हाल अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकामा छन् । सात पटकका बेलन डीओर अवार्ड विजेता मेस्सीले शनिबार मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि सम्झौता पनि गरिसकेका छन् ।
आफ्ना आदर्श फुटबलरलाई प्रत्यक्ष रूपमा भेट्न पाएपछि अमेरिकामा रहेका उनका समर्थकहरू पनि खुसी नहुने कुरै भएन । पहिलो पटक युरोप बाहिरको लिग खेल्न अमेरिका पुगेका उनी अहिले आवश्यक सामान किनमेलमा व्यस्त बनेका छन् । यस क्रममा मियामीस्थित स्थानीय बजारमा किनमेल गर्न जाँदा उनी समर्थकहरूबाट घेरिएका हुन् ।
किनमेलमा व्यस्त रहँदा उनका अन्य थुप्रै समर्थकले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । पहिलो पटक अमेरिकी लिग खेल्ने तयारीमा रहे पनि अमेरिकामा समेत विश्व फुटबलका यी महान् खेलाडीका लाखौँ समर्थक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण