स्वाधीन अर्थतन्त्रको विकासको लागि नयाँ क्रान्ति आवश्यक: लीलामणि पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि नयाँ प्रकारको क्रान्ति नै आवश्यक भएको बताए ।
“अहिले जसरी चलिरहेको छ, त्यो केही समय त चल्ला तर नयाँ इनोभेसन भएन भने यो धेरै समय चल्दैन । आफ्नो उत्पादन नगरेर बाहिरबाट ल्याएर बेच्दै जाने हो भने दलाल मात्रै हुनेछौं । देशको अर्थतन्त्र विकासको लागि नयाँ एउटा क्रान्ति आवश्यक छ,” पोखरेलले भने ।
आइतबार नेपाल उद्योग व्यापार महासङ्घले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि नीतिगत रुपमै हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय र अर्थतन्त्रका विकासका आयालमलाई जोड्नु पर्नेमा जोड दिए ।
पोखरेलले समाजवाद उन्मुख अर्थतन्त्रको लागि उत्पादन बढाउनु पर्नेमा बताए । विदेशी समान ल्याएर देश आत्मनिर्भर नहुने भन्दै पोखरेलले उत्पादनको नेतृत्व महासङ्घले लिनुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र)का युवा नेता सांसद गंगा कार्कीले नेपाललाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । उनले उत्पादनको लागि महासङ्घले कमाण्डरको भूमिका निभाउनुपर्ने बताए ।
महासंघका अध्यक्ष खिमलाल भण्डारीले स्वाधीन अर्थतन्त्र निर्माणको लागि उत्पादन बढाउने आफूहरुको उद्देश्य रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने नीतिहरु परितर्वन गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रमका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्रको लागि महासंघ निरन्तर अगाडि बढ्ने बताए ।
महासङ्घले स्थापना दिवसको अवसरमा रक्तदान समेत आयोजना गरेको थियो । रगतदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । रगतदान गर्नेहरुलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण