भदौ १ मा ‘जुलेबी’ रिलिज
काठमाडौँ । चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएनले कागजी सम्झौता गर्दै प्रदर्शन मिति तय गरेको हो ।
यस्तै फिल्मको डिजिटल राइट्स पनि बिक्री भएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्टले आइतबार डिजिटल राइटको विषयमा सम्झौता गरेका हुन् ।
उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म मञ्जरी, गाजा बाजा निर्देशन गरेका थिए ।
विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् । फिल्मको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण