‘कार्यक्षेत्रभित्र रहेर कार्य सम्पादन गर्न अध्यागमन विभाग प्रतिबद्ध’
काठमाडौँ । अध्यागमन विभागले कार्यक्षेत्रभित्र रहेर कार्य सम्पादन गर्ने विषयमा प्रतिबद्ध रहेको जनाएको छ । विभागले सोमबार जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार विभागबाट आइतबार प्रकाशित विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
‘तत् सम्बन्धमा नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम कार्यक्षेत्र तोकिएका विषयमा तत् तत् निकायको जिम्मेवारी भित्र पर्ने विषयमा विभाग प्रवेश गर्ने कुनै मनसाय नभएको र प्रचलित कानुनले दिएको आ–आफ्नो कार्यक्षेत्र भित्र रही कार्य सम्पादन गर्ने विषयमा अध्यागमन विभाग पूर्ण प्रतिबद्ध रहेको छ’, विभागका निर्देशक एवम् सूचना अधिकारी खिमराज भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रम समस्याहरूलाई सरोकारवाला निकाय बिच आपसी छलफल, समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘वैदेशिक रोजगार ऐन २०६४ ले गरेका संस्थागत श्रम स्वीकृति सम्बन्धमा सम्बन्धित निकायहरूको जिम्मेवारीभित्र पर्ने र आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने कार्य अध्यागमन विभागको कार्यक्षेत्र भित्र पर्ने हुँदा संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सम्बन्धमा वैदेशिक रोजगार ऐन २०६४, नेपाल राजपत्रमा मिति २०७० कार्तिक २५ मा प्रकाशित सूचना मिति २०७१ वैशाख ३० गते बसेको बैठकको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विश्वसनीय एवं सुरक्षित हुने गरी श्रम समस्याहरूलाई सरोकारवाला निकाय बिच आपसी छलफल समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ र प्रतिबद्ध रहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि आइतबार वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति लिएर गएका श्रमिकलाई रोक्ने अधिकार अध्यागमनसँग नरहेको प्रस्ट पारेको थियो । त्यसरी कानुनी प्रक्रिया पुरा गरेर गएका श्रमिकलाई रोक्नु विद्यमान कानुन विपरीत रहेको वैदेशिक रोजगार विभागको ठहर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण