सांस्कृतिक पोसाकको जगेर्ना गर्दै कामना सेवा विकास बैंक
सोमबार, ०१ साउन २०८०, १६ : ११
काठमाडौँ । सांस्कृतिक पोसाकको जगेर्ना गर्ने उद्देश्यले कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरूलाई आफ्नो समुदाय झल्कने पोसाक लगाउन भनेको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार हरेक महिनाको पहिलो सोमबार बैंकले आफ्ना कर्मचारीहरूलाई आफ्नो कामका साथै आफ्नो समुदायको भेषभूषा, सांस्कृतिक पहिचान झल्कने पोसाक लगाउन भन्ने गरेको छ ।

उक्त अभियानलाई बैंकका सम्पूर्ण कर्मचारीहरूले साथ दिएर सांस्कृतिक भेषभूषाको महत्त्व झल्काउँदै आएको बैंकको भनाई छ । साउनको पहिलो सोमबार पनि बैंकका सबै कर्मचारीहरूले आफ्ना समुदायको सांस्कृतिक भेषभूषा लगाएर काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण