चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवन । चितवन जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञानकेन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।
खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उनका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।
प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख
-
४० वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगको परीक्षण तथा नि:शुल्क उपचार गरिने
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर