कुशल भुर्तेल यूएईको तेस्रो विकेट
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधवार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । नेपाली बलर कुशल भुर्तेलले यूएईको तेस्रो विकेट लिएका हुन् । उनले यूएईका एथान डिसुजालाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
उनले एथानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । तेस्रोविकेट गुमाउँदा यूएईले २४ ओभरमा ९६ रन बनाएको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।
समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण