कुशल भुर्तेलको अर्धसतक पूरा
बुधबार, ०३ साउन २०८०, १४ : ४८
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।
उनले ३२ बलमा अर्धसतक बनाएका हुन् । उनले दुई छक्का र आठ चौका पनि प्रहार गरिसकेका छन् । नेपाली टोली हाल ११ ओभरमा एक विकेट गुमाएर ७६ रन बनाउँदै खेलिरहेको छ ।
त्यसअघि नेपालले पहिलो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालको पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए । नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको छ । उनले यूएईको ६ विकेट पनि लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण