७१ रन बनाएर आउट भए कुशल भुर्तेल
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ७१ रन बनाएर आउट भएका छन् । उनले ४३ बलको सामना गरी चार छक्का र नौवटा चौका हिर्काए ।
त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । उनले दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलको विकेट यूएईका बलर मोहम्मद फराजुद्दिनले लिएका हुन् । फराजुद्दिनले कुशल भुर्तेललाई फहाद नवाजद्वारा क्याच गराएका थिए ।
त्यसअघि नेपालले पहिलो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालको पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए । नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको छ । उनले यूएईको ६ विकेट पनि लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण