महिला विश्वकप फुटबल उद्घाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु
वेलिंगटन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जना सर्वसाधारण र एक जना आक्रमणकारीको मृत्यु भएको छ ।
न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएको छ ।
प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ । प्रहरीले सो घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए । अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घण्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो ।
यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए ।
निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए । आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए । प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए ।
प्रहरीले गोलाबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण