शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा समानुपातिक प्रणाली खारेजीको माग

बिहीबार, ०४ साउन २०८०, १५ : ५७
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजीको आवाज उठेको छ ।  कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीले समानुपातिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक भएको बताए ।

बैठकमा उनले भने, ‘गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौँ भनेका थियौँ । त्यसको परिणाम राम्रै आयो । तर ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ ।’

सरकार निर्माणको तागत ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमा रहेको केसीको भनाइ छ । ‘११० जना समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न सकिन्छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’

यस्तै उनले पार्टी सदस्यता थप्नेभन्दा पनि गुणस्तरीय बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । ‘८ लाख क्रियाशील सदस्यको घरबाट मात्र मत आउँदा हाम्रो समानुपातिकमा ३४ लाख मत आउनुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘तर हामीले २७ लाख मात्र मत पायौँ । त्यसैले सदस्यता बढाएर मात्र भोट बढ्छ भन्ने कुराबाट टाढा जानुपर्छ । सदस्यता गुणस्तरीय बनाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप