विवादित फिल्म आदिपुरुषले नेपालमा कमायो १ करोड ९९ लाख
बिहीबार, ०४ साउन २०८०, १६ : ०२
काठमाडौँ । विवादित फिल्म आदिपुरुषले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ ।
चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार १ करोड ९९ लाख ७० हजार २९३ रुपैयाँ ३६ पैसा कमाएको हो । उक्त फिल्म नेपालमा जुन १६ २०२३ मा रिलिज भएको थियो ।
फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर सो फिल्मलाई काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध नै लगाएका थिए ।
विवादका बीच सो फिल्मको प्रदर्शनका बीचमा ५९ हजार ६५६ टिकट बिक्री भएको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण